दफा ११९
ट्राफिक सङ्केत टाँस्ने, टाँग्ने वा जडान गर्ने
(१) विभागले आवश्यक देखेको सार्वजनिक स्थानहरूमा अन्तर्राष्ट्रिय प्रचलन अनुरूपको रंग, आकार र नमूना बमोजिमको आवश्यक ट्राफिक सङ्केतहरू टाँस्न, टाँग्न वा जडान गर्न लगाउनु पर्छ ।
(२) उपदफा (१) बमोजिम टाँसिएको, टाँगिएको वा जडान गरिएको ट्राफिक सङ्केतहरू विभाग वा विभागले खटाएको व्यक्ति बाहेक अरू कसैले सो स्थानबाट हटाउन, बदल्न, हेरफेर गर्न, मेट्न, च्यात्न वा केरमेट गर्न हुँदैन ।